मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामल आँधीका कारण आएको पहिरोमा पुरिएर भारतमा २७ जनाको मृत्यु

रामल आँधीका कारण आएको पहिरोमा पुरिएर भारतमा २७ जनाको मृत्यु

न्यूजस्टोरी

काठमाडौं । भारतको मिजोरम राज्यको राजधानी आइजवलमा रामल आँधीका कारण आएको पहिरोमा परी २७ जनाको मृत्यु भएको छ। मिजोरम सरकारको सूचना तथा जनसम्पर्क विभागले यसबारे जानकारी दिएको हो। मिजोरम सरकारको सूचना र जनसम्पर्क विभागले सोशल मिडिया प्लेटफर्म एक्समा पोस्ट गरेको छ, ‘आइजवलमा चक्रवात रामलका कारण गएको पहिरोमा परेर २७ जनाको मृत्यु भएको छ।’

पूर्वाधारमा क्षति पुगेपछि खानेपानी र विद्युत् आपूर्ति प्रभावित भएको छ। ‘मिजोरम सीएमले राज्य विपद् कोषको लागि १५ करोड रुपैयाँ विनियोजन गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘पहिरोमा परी ज्यान गुमाएकाका परिवारलाई चार लाख रुपैयाँ क्षतिपूर्ति दिइने छ।’ चक्रवाती आँधी रेमालका कारण मिजोरममा भारी वर्षा भइरहेको छ।

मिजोरमका प्रहरी महानिर्देशक ९डीजीपी० अनिल शुक्लाका अनुसार धेरै ठाउँमा बिजुलीका पोल र रूखहरू उखेलिएका छन्।