मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘रेमल’ चक्रवातका कारण चार प्रदेशमा आज र भोलि पानी पर्ने

‘रेमल’ चक्रवातका कारण चार प्रदेशमा आज र भोलि पानी पर्ने

न्यूजस्टोरी

काठमाडौं, १४ जेठ । उत्तरी बङ्गालको खाडीमा रहेको शक्तिशाली ‘रेमल’ चक्रवातको कारण चारवटा प्रदेशमा आज र भोलि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार शक्तिशाली चक्रवात प्रत्यक्ष रूपमा नेपाल प्रवेश नगर्ने भए पनि यसको अप्रत्यक्ष प्रभावबाट आज र भोलि कोशी प्रदेश, मधेश प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा चट्याङ, हावाहुरीसहितको वर्षा हुने सम्भावना छ ।

मौसम विभागका अनुसार अहिले कोशी र बाग्मती प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।

कोशी प्रदेशका केही ठाउँमा मेघगर्जन, चटयाङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा र एक- दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै कोशी प्रदेशका तराई भूभागमा हावाहुरीको समेत सम्भावना छ ।

मधेश प्रदेशका थोरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार बाग्मती प्रदेशको थोरै ठाउँ र गण्डकी प्रदेशका केही ठाउँमा पनि मेघगर्जन, चटयाङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा र एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।