मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या ३५८५७ पुग्यो

गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या ३५८५७ पुग्यो

न्यूजस्टोरी

काठमाडौं । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या ३५ हजार ८५७ पुगेको छ । विगत २४ घण्टामा इजरायली सेनाले ५७ प्यालेस्टाइनीहरूलाई मारेको र अन्य ९३ जना घाइते भएका छन् ।

जसबाट अक्टोबर २०२३ मा प्यालेस्टिनी–इजरायली संघर्ष शुरु भएदेखि कुल मृत्यु हुनेको संख्या ३५ हजार ८५७ पुगेको छ भने ८० हजार २९३ जना घाइते भएका छन् ।अन्तर्राष्ट्रिय न्यायालय ९आईसीजे० ले शुक्रवार इजरायललाई रफाहमा आफ्नो सैन्य आक्रमण तत्काल प्रभावबाट रोक्न आदेश दिएको छ । अदालतका अध्यक्ष नवाफ सलामले मानवीय अवस्था चिन्ताजनक रहकाले सैन्य कारबाही रोक्न आवश्यक रहेको बताए ।

अदालतले इजरायललाई तथ्य पत्ता लगाउने र संयुक्त राष्ट्र संघका निकायका अन्वेषकहरूलाई नरसंहारको आरोपहरूको अनुसन्धान गर्न र सम्भावित प्रमाणहरू सुरक्षित गर्न अनुमति दिन माग गर्यो । न्यायाधीशहरूले इजरायलले एक महिना भित्र अदालतको आदेश कार्यान्वयन गर्न सबै उपायहरूको बारेमा अदालतमा रिपोर्ट पेश गर्नुपर्ने बताएका छन् ।