काठमाडौं । सहकारी रकम हिनामिना भएको सम्बन्धमा छानबिन गर्न गठन हुने संसदीय समितिको कार्यादेश९टिओआर० टुंगो लगाउन गठित कार्यदलमा दलहरूबीच कुरा नमिल्दा संसद बैठक अनिश्चित बनेको छ। शुक्रबार बिहान कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा तीन घन्टा बढि चलेको बैठकमा कुरा नमिलेको हो।
बिहीबारको बैठकमा कार्यदलका सदस्यहरूबीच छलफल भएपनि सहमति नजुटेपछि आज पुनः बैठक बसेको थियो। दिउँसो ४ बजे बस्ने गरी बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम हिनामिनामा लामिछाने संलग्न रहेको आरोप लगाउँदै उनको नाम किटानीका साथ कार्यादेश बनाउनुपर्ने मागबाट पछि नहट्दा सहमति हुन सकेको छैन। सांसद खतिवडाले भने,‘सत्तारुढ दलहरु छानविन गर्ने पक्षमा छैनन्, कार्यदलको बैठकमा बस्न पो के गर्ने हो अब भन्नेमा हामी पुगेका छौँ, सरकारले पेलेर लगेको छ।’
बिहान प्रतिपक्षी कांग्रेसको संसदीय दलको बैठक पनि बसेको थियो। संसद्मा प्रतिनिधित्व गरेका राजनीतिक दलका शीर्ष नेताहरूको गत शनिबारको बैठकले संसदीय छानबिन समिति बनाउने सहमति गर्दै त्यसको कार्यादेश टुंगो लगाउन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरेको थियो।
कार्यदलका अन्य सदस्यमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र सांसद ज्ञानेन्द्रबहादुर कार्की तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल छन्। कांग्रेसले विरोध गर्ने तयारी गरिरहँदा सरकारले भने आजको संसद बैठकबाट नीति तथा कार्यक्रम पारित गर्ने जनाएको छ। यद्यपी कार्यदलको बैठकमा कुरा नमिल्दा शुक्रबार विहान ११ बजे बस्ने भनिएको संसद बैठक नै अनिश्चीत बनेको हो।


प्रतिक्रिया