काठमाडौं । सहकारी ठगी छानबिन गर्ने संसदीय समितिको कार्यादेश टीओआर तय गर्न गठित कार्यदलको बैठक आज बोलाइएको छ ।
बैठक दिउँसो ३ बजे कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्ने कार्यदल सदस्य जीवन परियारले जानकारी दिनुभयो ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै मुछिएकाले उहांको नाम उल्लेख गरेरै क्षेत्राधिकार तय गर्नुपर्ने अडान लिदै आएको छ ।
कांग्रेसको यही अडानका कारण यसअघिका दुई वटा बैठक निष्कर्षविहीन बनेका छन् । संसद बैठक भोलिका लागि तय गरिएको छ ।संसद बैठक बस्नु अगावै दलीय सहमति जुटाउन आज कार्यदलको बैठक बोलाइएको हो । कांग्रेसले यही मुद्दामा संसद बैठक अवरोध गर्दै आएको छ ।


प्रतिक्रिया