मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोशी र मधेसलगायत पहाडी क्षेत्रमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

कोशी र मधेसलगायत पहाडी क्षेत्रमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

न्यूजस्टोरी

आज काठमाडौं उपत्यकासहित देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ । 

जसको प्रभावले बिहानैदेखि कोसी र मधेस प्रदेशका एक दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ । दिउँसो पनि कोसी र मधेस प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागका एक दुई स्थानमा चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

आज राति कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ ।