मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनुषा अदालतमा सिरोहिया : अनुसन्धानका लागि मागियो ५ दिन म्याद

धनुषा अदालतमा सिरोहिया : अनुसन्धानका लागि मागियो ५ दिन म्याद

न्यूजस्टोरी

काठमाडौं । नागरिकता कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषामा उपस्थित गराइएको छ ।

जिल्ला प्रहरी कार्यालयले जिल्ला सरकारी वकिल कार्यालय धनुषामार्फत सिरोहियालाई अदालतमा उपस्थित गराएको हो ।जिल्ला सरकारी वकिलको कार्यालय धनुषाका प्रमुख सुदीप दंगालले सिरोहियालाई बयान लिएर अनुसन्धानको लागि ५ दिन म्याद थप गर्न अदालतसग माग गरिएको बताउनुभयो ।

म्याद थप गर्न अदालतसँग अनुमति माग्ने क्रममा सिरोहियलाई त्यहाँ उपस्थित गराइएको छ । यसअघि उहालाई बयानका लागिसमेत अदालतमा लगिएको थियो ।