मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शक्ति बस्नेतको सम्पत्ति : ३५ लाख नगद, ५ तोला सुन, जग्गा परिवारको नाममा

शक्ति बस्नेतको सम्पत्ति : ३५ लाख नगद, ५ तोला सुन, जग्गा परिवारको नाममा

न्यूजस्टोरी

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले आफूसँग ३५ लाख रुपैयाँ रहेको जानकारी दिएका छन् । सरकारले आज सार्वजनिक गरेको मन्त्रीहरूको सम्पत्ति विवरणको सूचीअनुसार शक्ति-वस्नेत.pdf (opmcm.gov.np)मन्त्री बस्नेतसँग दुई वटा बैंकमा ३५ लाख रुपैयाँ रहेको उल्लेख छ ।

बस्नेतको राष्ट्रिय वाणिज्य बैंकको खातामा १० लाख रुपैयाँ मौज्दात छ । यसबाहेक अन्य रकम कुन बैंकमा रहेको भन्नेबारे खुलाइएको छैन ।
यस्तै श्रीमती सत्य पहाडीको नाममा ६ लाख रुपैयाँ बराबरको सेयर छ भने ५ तोला सुन समेत उल्लेख छ । सबाहेक जाजरकोटमा बुबाको नाममा, छोरी र श्रीमतीको नाममा जग्गा रहेको बताइएको छ ।

सत्य पहाडीको नाममा सुर्खेतमा थप जग्गा पनि रहेको बताइएको छ । यसबाहेक पार्टीले दिएको एउटा सवारी रहेको र सो सवारी पार्टीको नाममा रहेको उल्लेख छ ।