काठमाडौं । प्रतिनिधि सभामा नेपाली कांग्रेसको अवरोध रहिरहँदा राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित भएको छ । मंगलबारको प्रतिनिधि सभा बैठकमा ध्वनी मतबाट धन्यवाद प्रस्ताव पारित भएको हो । नेमकिपाका सांसद प्रेम सुवालले हुन्न भन्ने पक्षमा हात उठाइरहँदा सभामुखले भने प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको बताउनुभएको थियो ।
बैठकमा कांग्रेसका सांसदहरूले वेल घेराउ र नाराबाजी गरिरहँदा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले जेठ १ गते गरेको सम्बोधनलाई प्रतिनिधि सभामा टेबल गर्न समय दिनुभएको थियो ।
उहांले रोस्ट्रमबाट राष्ट्रपतिको सम्बोधन टेलब गरिरहँदा वेल घेराउमा उत्रिएका कांग्रेसका सांसदहरूले भने नाराबाजी गरिरहेका थिए । सभामुखले भने विपक्षी दलहरूको विरोधलाई बेवास्ता गर्दै धन्यवाद प्रस्तावलाई निर्णयार्थ पेस गर्नुभएको थियो ।


प्रतिक्रिया