काठमाडौं । काठमाडौंको थलीमा भेटिएको शवको पहिचान खुलेको छ । मंगलबार बिहान कागेश्वरी मनोहरा नगरपालिका–५, थलीमा बेवारिशे अवस्थामा भेटिएको शव भक्तपुर–७, छालिङका ५२ वर्षीय कृष्ण नगरकोटी भएको प्रहरीले जनाएको छ।
प्रहरीले शवसँगै भेटिएको सवारी चालक प्रमाण पत्रका आधारमा परिचय यकिन भएको जानकारी दिg’eof] । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ
म+गलबार बिहान थलीको उकालोमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुग्दा कालो कपडाले मुख छोपेको र रगत बगिरहेको देखिएको छ । घटनास्थलमा ब्लेडसमेत फेला परेको थियो ।


प्रतिक्रिया