मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वास मत प्राप्त हुनेमा ढुक्क छु – प्रधानमन्त्री

विश्वास मत प्राप्त हुनेमा ढुक्क छु – प्रधानमन्त्री

न्यूजस्टोरी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी सोमबार विश्वासको मत लिनुहुने भएका छन् । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिस डाँडामा आज आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो ।

साथै सहमति र संवादबाट विद्यमान अवरोधले निकास पाउने उहांले विश्वास व्यक्त गर्नुभयो । यही जेठ ७ गते आफूले विश्वासको मत लिने तयारी गरेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले संसद्‌बाट विश्वास मत प्राप्त हुनेमा आफू ढुक्क रहेको बताउनुभयो । ुविश्वासको मत प्राप्त हुनेमा कुनै दुविधा छैनु, उहांले भन्नुभयो ।

जनता समाजवादी पार्टी जसपा नेपालले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लाग्नुभएको हो सभामुख देवराज घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीले विश्वासको मत लिने विषयलाई संसद्को कार्यसूचीमा राख्न प्रधानमन्त्रीले पत्र पठाइसकेको जानकारी दिनुभयो । प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा ९२० अनुसार विश्वासको मत लिन लागेको उहांको भनाइ छ ।

प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नु पर्दछ । सोहीअनुसार प्रधानमन्त्रीले विश्वासको मत लिन लाग्नुभएको हो । जसपा नेपालले वैशाख ३१ गते प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।