काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । आइतबार साँझ फ्लाई दुबईबाट आएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले कपडाभित्र लेपन गरेर ल्याएको सुन प्रहरीले बरामद गरेको हो । विमानस्थल सुरक्षा कार्यालयका प्रहरी प्रमुख एसएसपी कृष्णहरि शर्माका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिक सुरेशकुमार र मोहनकुमार गणेशन छन् । उनीहरुले टिसर्ट र पाइन्टमा लेपन गरेर सुन ल्याएका थिए । यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ


प्रतिक्रिया