शेखर छतकुली
पर्शा, २५ बैशाख । पर्सा प्रहरीले स्रोत नखुलेको १३ लाख भन्दा बढी रकम सहित एकजनालाई नियन्त्रणमा लिएको छ ।
वडा प्रहरी कार्यालय श्रीपुर वीरगंजको टोलीले सोमवार साँझ बिशेष सुचनाको आधारमा स्रोत नखुलेको १३ लाख २५ हजार रुपैयाँ सहित एकजनालाई नियन्त्रणमा लिएको हो ।
वीरगंजबाट परवानीपुर तर्फ जाँदै गरेको प्रदेश २ —०३—०१० प ६७१९ नम्बरको मोटरसाईकल रोकी बिशेष चेकजाच गर्दा झोला भित्र रहेको १३ लाख २५ हजार रुपैयाँ सहित मोटर साईकल समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिनुभयो । स्रोत नखुलेको रकम सहित पक्राउ पर्नेमा पर्शा जिल्ला वीरगंज माहानगरपालिका वडा नम्बर २२ जगरनाथपुर बस्ने बर्ष २८ का रविकुमार पटेल रहेको थापाले बताउनुभयो ।
प्रहरीले वरामद गरेको उक्त रकम हुण्डीको हुन सक्ने अनुमान गरेको छ । स्रोत नखुलेको रकम सहित पक्राउ परेका पटेललाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी उनी बिरुद्ध बैक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ बिरुद्धको कसुरमा थप अनुसंधान गरी मुदा चलाउने चयारी भइरहेको थापाले बताउनुभयो ।


प्रतिक्रिया