मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बजारमा पाइने तयारी खानेकुराको गुणस्तर जाँच कसरी हुन्छ?

बजारमा पाइने तयारी खानेकुराको गुणस्तर जाँच कसरी हुन्छ?

न्यूजस्टोरी

केही समयअघि काठमाण्डू महानगरपालिकाले नेपालमा धेरै प्रयोग हुने ठानिएको वाइ वाइ चाउचाउ कम गुणस्तरीय पाइएको भन्दै जरिबाना गरेपछि बजारमा पाइने तयारी खानेकुराको गुणस्तरबारे बहस भइरहेको छ।

महानगरपालिकाका अनुसार वाइ वाइको गुणस्तरबारे उजुरीपछि नमुना लिएर प्रयोगशालामा परीक्षण गर्दा चाउचाउको निश्चित ब्याचका उत्पादनहरूमा, उसकै शब्दमा, ‘एसिड भ्याल्यु’ तोकिएको भन्दा धेरै पाइएको थियो।

चौधरी समूहले भने आफ्नो उत्पादन गुणस्तरीय रहेको दाबी गर्दै उसको उत्पादन कारखानामै अनुगमन गर्न सकिने बताएको छ।

नेपालमा औद्योगिक खाद्य उत्पादनको गुणस्तर मापन र परीक्षण गर्दै आएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले वाइ वाइ को उत्पादन हुने चौधरी समूहको कारखानाको अनुगमन समेत गरेको छ ।

बजारमा पाइने तयारी खानेकुराको गुणस्तर जाँच कसरी हुन्छ?

नेपालमा नयाँ सङ्घीय संरचना लागु भएपछि बजारमा पाइने खानेकुराको अनुगमन सङ्घ र स्थानीय दुवै तहबाट हुँदै आएको छ।

सङ्घीय सरकारको कृषि तथा पशुपन्छी विभाग अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा बिक्री हुने खाद्यपदार्थको गुणस्तर जाँच गर्ने र अनुगमनको जिम्मेवारी पाएका छन्।

त्यस बाहेक स्थानीय तहलाई समेत बजार अनुगमनको अधिकार छ। काठमाण्डू महानगरपालिकाका सहायक प्रवक्ता दीपक अधिकारीका अनुसार महानगरले दुई जना खाद्य निरीक्षक राखेर बजारमा पाइने खाद्य वस्तुहरूको गुणस्तर मापन गर्दै आएको छ।

“विगत दुई महिनादेखि फुड टेक्नोलोजी र माइक्रोबायोलोजिस्ट नै राखेर हामीले नियमितजस्तो अनुगमन गरिरहेका छौँ। शङ्का लागेका कतिपय नमुनाहरू परीक्षणका लागि प्रयोगशालाहरूमा पठाउँछौँ,” उनले भने।

विभागले आफ्नो वेबसाइटमा राखेको पछिल्लो विवरण अनुसार यसले उद्योग, होटेल तथा रेस्टुराँ र मिठाई पसलहरूको निरीक्षण पनि गर्दै आएको छ।

गत आर्थिक वर्षमा विभागले ४००० उद्योग सहित बजार र होटेल गरी ९००० अनुगमन गरेको जनाएको छ। दूध र दूधजन्य पदार्थ, तेल घिउ, फलफूल, मसलासहित खाद्यान्न र दलहन जस्ता वस्तुको बजार अनुगमन हुने गरेको बताइन्छ।

चाउचाउ

नेपालमा आयात हुने खाद्यवस्तुमा पनि उपभोक्ताको स्वास्थ्यका लागि तोकिएको मापदण्ड अनुसार छ छैन भन्ने जाँच भएपछि मात्रै अनुमति दिइने अधिकारीहरू बताउँछन्। यस्तो जाँचका लागि साधरणतया ती खाद्यवस्तुको प्याकेजिङमा रहेको लेवल जाँच गरिन्छ।

तर खाद्यवस्तु चाँडै सड्ने चिज भएकाले उत्पादन पछि पनि यसको भण्डारणमा समेत यसको गुणस्तरीयता भर पर्ने जनकारहरू बताउँछन्।