मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पेरिस ओलम्पिकमा नयाँ टिकट जारी

पेरिस ओलम्पिकमा नयाँ टिकट जारी

न्यूजस्टोरी

काठमाडौं, २९ चैत्र । पेरिस ओलम्पिकको टिकट किन्न चाहनेले नयाँ मौका पाउने भएका छन् । मुख्य आयोजक टोनी एस्टान्गुएटले अर्को दुई लाख ५० हजार थान टिकट जारी गर्ने बताएका छन् ।

अप्रिल १७ देखि सबै खेल, सबै मूल्य श्रेणी र सबै प्रतियोगिता स्थलका लागि नयाँ टिकट विक्री गर्न राख्ने उनको भनाई छ । यसअघिको टिकट जारीका क्रममा उच्च मूल्यको आलोचना भएपछि उनले तीमध्ये आधालाई एक सय युरो ९एक सय आठ अमेरिकी डलर० भन्दा कममा बिक्री गरिने बताए ।

खेलहरू एफिल टावर अगाडिको अस्थायी रङ्गशालामा खेलाइने छ । पेरिस ओलम्पिक जुलाई २६ देखि अगस्ट ११ सम्म सञ्चालन हुनेछ । यसपछि अगस्ट २८ देखि सेप्टेम्बर ८ सम्म पाराओलम्पिक हुनेछ ।