मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

५ सय २३ रनको  वर्षा हुँदा मुम्बई ३१ रनले पराजित

५ सय २३ रनको  वर्षा हुँदा मुम्बई ३१ रनले पराजित

न्यूजस्टोरी

काठमाडौं १५ चैत्र । आइपीएल क्रिकेटमा सनराईजर्स हैदराबादले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ ।
गएराति भएको खेलमा हैदराबादले मुम्बईविरुद्ध ३१ रनको जीत हात पारेको हो । हैदराबादले दिएको २७८ रनको कीर्तिमानी लक्ष्य पछ्याउने क्रममा मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २४६ रन मात्र बनायो। घरेलु मैदानमा भएको खेलमा हैदराबादले आईपीएल इतिहासकै सबैभन्दा ठूलो योगफल खडा गरेको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर कीर्तिमानी २७७ रन बनाएको थियो ।

योसँगै रोयल च्यालेन्जर्स बैंगलोरले सन् २०१३ माबनाएको २६३ रनको योगफलको कीर्तिमान तोडिएको छ । जवाफमा मुम्बईले ५ विकेट गुमाएर २४६ रन बनाएको थियो ।
प्रतियोगिता अन्तरगत आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स आमने सामने हुनेछन्।