चितवन, १० चैत्र । जनतासँग (एमाले) अभियान अन्तर्गत एमाले रत्ननगर वडा नं–१ को अधिवेशनले दोवराज खत्रीको अध्यक्षतामा ११ सदस्यीय वडा कमिटि गठन गरिएको छ । कमिटिको उपाध्यक्षमा मीरा सापकोटा, सचिवमा तुलसी गिरी, उपसचिवमा सुनिता कुँवर र बाबुराम श्रेष्ठ चयन हुनुभएको छ ।
यस्तै, सदस्यहरुमा सुन्दर अधिकारी, राजु गिरी, झलक सापकोटा, महेन्द्र चौधरी, सरस्वती खत्री, टोपबहादुर सिलवाल चयन भएको नगर इन्चार्ज एवं निर्वाचन समितिका संयोजक प्रेमनाथ दुवाडीले जानकारी दिनुभयो ।
कार्यक्रममा नगर इन्चार्ज प्रेमनाथ दुवाडीको अध्यक्षता एवं रत्ननगर नगरकमिटिका अध्यक्ष ईश्वरीप्रसाद अर्यालको प्रमुख आतिथ्यता रहेको थियो ।


प्रतिक्रिया