चीनको ई–कमर्स कम्पनी अलिबाबा ले दक्षिण कोरियामा एक अर्ब एक करोड डलर लगानी गर्ने भएको छ ।
दक्षिण कोरियाको योन्हप समाचार एजेन्सीका अनुसार अलिबाबाले तीन वर्षभित्रमा एक अर्ब डलरभन्दा धेरै लगानी गर्ने भएको हो । पहिलो चरणमा यो वर्ष २० करोड रुपैयाँ लगानी गरेर लजिस्टिक सेन्टर बनाउने खबरमा उल्लेख छ । अलिबाबाले आफ्नो व्यापार रणनीतिअनुसार दक्षिण कोरियाली अनलाइन बजारमा देखिएका कमजोरीलाई अध्ययन गर्ने र आफ्नो कम्पनीले त्यस्ता कमजोरी हटाएर सेवा दिने प्रयास गरिरहेको छ ।
यस्तै अलीबाबले सानो र मध्यम आकारका दक्षिण कोरियाली कम्पनीहरूलाई आफ्नो सामान बेच्न १० करोड डलर खर्च गर्नेछ । दक्षिण कोरियामा उपभोक्ताको बढ्दो गुनासोको बारेमा अलिबाबाको ई–कमर्स प्लेटफर्म अली एक्सप्रेसु ले अध्ययन गरिरहेको छ, अध्ययनपछि उपभोक्ताको मन जित्ने क्षेत्रमा लगानी लगाउने तयारी छ ।
सरकारी तथ्याङ्कअनुसार सन् २०२२ मा दक्षिण कोरियामा अली एक्सप्रेसु प्रयोगकर्ताको सङ्ख्या ७० लाख जनाभन्दा धेरै रहेको छ ।


प्रतिक्रिया