मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुवेतमा गाडीको ठक्करबाट तीनजना नेपालीको ज्यान गयो

कुवेतमा गाडीको ठक्करबाट तीनजना नेपालीको ज्यान गयो

न्यूजस्टोरी

काठमाडौं, १ चैत्र । कुवेतमा गाडीले ठक्कर दिँदा तीनजना नेपाली नागरिकको ज्यान गएको छ । रमदान पर्वको पहिलो दिन सोमवार महाबुल्ला क्षेत्रको सिसाईड सडकमा एउटा कारले ठक्कर दिँदा तीन जनाको ज्यान गएको नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष राज मल्ल ठकुरीले बताउनुभएको छ ।

ज्यान गुमाउनेमा काठमाण्डौको सानो भर्‍याङका सुजन कार्की, अछामको पञ्चदेवलका सुरत बहादुर कडायत र धनुषाका धिरज गुर्मछान मगर रहेका छन । मृतकहरु कुवेतको पापाजोन कम्पनीमा कार्यरत थिए । सुजन र धिरज सोमवार राति महाबुल्ला बस्ने साथी सुरतलाई भेट्न गएका थिए । तीनैजना फर्कने क्रममा त्यहाँको स्थानीय नागरिकको गाडीले ठक्कर दिँदा घटनास्थलमै उनीहरुको ज्यान गएको हो ।

अरब न्युजले भने ज्यान गुमाउनेमा दुई जना नेपाली रहेको र एकजनाको परिचय खुल्न नसकेको उल्लेख गरेको छ । गाडी चालकलाई प्रहरीले पक्राउ गरेको छ । नेपाली राजदूतावास कुवेतका प्रथम सचिव तथा सूचना अधिकारी प्रेमराज गौतमले मृतकका परिवार तथा कम्पनीसँग सम्पर्कमा रहेको र आवश्यक प्रकृया पूरा गरेर शवहरु नेपाल पठाउने तथा बीमाको लागि पहल गर्ने बताउनुभएको छ । रमदानको बेला कुवेतमा धेरै दुर्घटना हुने गरेका छन् ।