मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रिय सभा अध्यक्षमा कांग्रेसले उम्मेदवारी दिने

राष्ट्रिय सभा अध्यक्षमा कांग्रेसले उम्मेदवारी दिने

न्यूजस्टोरी

काठमाडौं, २६ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको कांग्रेस पदाधिकारी बैठकले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

राष्ट्रिय सभा अध्यक्षको चुनाव यही फागुन २९ गते गर्ने तयारी छ । राष्ट्रिय सभामा कांग्रेसका १६ जना सांसद छन् । उसले विपक्षी अरू दलहरूसँग पनि अध्यक्षमा सहयोग माग्न छलफल गर्ने भएको छ ।

नयाँ सत्ता गठबन्धन बनेपछि राष्ट्रिय सभा अध्यक्षमा माओवादी केन्द्रबाट उम्मेदवार बनाउने यसअघि चार दल– एमाले, माओवादी, रास्वपा र जसपाबीच सहमति भएको थियो ।

५९ जना सदस्य रहेको राष्ट्रिय सभामा वर्तमान सत्ता गठबन्धनको बहुमत छ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल गएको फागुन २० गते सकिएको थियो । सत्ता समीकरण बदलिनुअघि कांग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा कृष्णप्रसाद सिटौलालाई अगाडि सार्ने चर्चा हुँदै आएको थियो ।