मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पदाधिकारी बैठकमा देउवाको ब्रिफिङ – प्रचण्डले गठबन्धन तोडे, गराए प्रतिपक्षमा बस्ने जानकारी

पदाधिकारी बैठकमा देउवाको ब्रिफिङ – प्रचण्डले गठबन्धन तोडे, गराए प्रतिपक्षमा बस्ने जानकारी

न्यूजस्टोरी

काठमाडौं, २१ फागुन । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रतिपक्षीमा बस्ने भएको छ ।

माओवादी–एमाले गठबन्धन बनेसँगै कांग्रेस प्रमुख प्रतिपक्षीमा बस्ने भएको हो ।अब आफूहरु प्रतिपक्षीको बेन्चमा बस्ने कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकपछि प्रमुख सचेकत लेखकले अब कांग्रेस प्रतिपक्षीमा बस्ने जानकारी दिनुभएको हो ।
उक्त बैठकमा सभापति देउवाले प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले गठबन्धन तोडेको ब्रिफिङ गरेका लेखकले जानकारी गराउनुभयो ।

‘बैठकमा सभापतिजीले प्रधानमन्त्रीले गठबन्धन तोडेको सुनाउनु भयो । अब हामी प्रतिपक्षमा रमाउछौँ,’ उहाँले भन्नुभयो ।