मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संसदमा सत्तापक्ष र प्रतिपक्षबिच दोहोरी

संसदमा सत्तापक्ष र प्रतिपक्षबिच दोहोरी

न्यूजस्टोरी

काठमाडौँ, १४ फागुन । नेपाली कांग्रेसका सांसद गगन थापाले संसदमा सत्तापक्ष र प्रतिपक्षबिच चलेको दोहोरीले संसद् राम्ररी चल्न नसकेको भन्दै अख्तियारले डामेको र आयोगले पोलेका झन्डावालाहरूलाई झन्डा छोपेर घर पठाउन आग्रह गर्नुभएको छ ।
सोमबारको दोस्रो बैठकमा बोल्दै कांग्रेस महामन्त्री समेत रहनुभएका थापाले यही पाराले संसद् चल्न नसक्ने जिकिर गुर्नुभयो । आसनको दायाँ बस्ने होस् कि बायाँ बस्ने होस्, काखैको होस् कि पाखैको होस् ।
अख्तियारले डामेको,आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झन्डावालाको झन्डा छोपेर घर पठाइदिऔँ ।
थापाले भन्नुभयो । सहकारी ठग्ने र दुईचार थान नागरिकता राख्नेलाई पनि संसदमा नराखेर घरै पठाइदिएर अनुसन्धान गर्न लगाउनुपर्ने बताउनुभयो । ‘यति गर्न सके निर्दोष भए फर्किएर आउनुहोला, स्वागत पनि गरौला, यसरी सफा गर्न सके जमेर छलफल गर्न सकिन्थ्यो, हैन भने यो दोहोरी चलिरहने भयो’, थापाको भनाइ छ ।