मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्सा प्रहरी प्रमुखमा एसपी कुमोध ढुंगेल

पर्सा प्रहरी प्रमुखमा एसपी कुमोध ढुंगेल

न्यूजस्टोरी

विरगंज, ९ फागुन । जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखको कमाण्ड प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेलले सम्हाल्नुभएको छ ।बुधबार दिउँसो कार्यालयमा पुगेर एसपी ढुंगेलले जिल्ला प्रहरी कार्यालयको कमाण्ड सम्हाल्नुभएको हो । प्रहरी प्रधान कार्यालयले सरुवा गरेको ९ दिन पछाडि एसपी ढुंगेल पर्सा प्रहरी कार्यालयमा हाजिर हुनुभएको हो । जिल्ला प्रहरी कार्यालय पर्सामा हाजिर भएका एसपी ढुंगेललाई प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमारविक्रम थापासहितका प्रहरी अधिकारीहरुले स्वागत गर्नुभएको थियो । जिल्लाको कमाण्ड सम्हाल्दै एसपी ढुंगेलले इमान्दारितापूर्वक काम गर्न प्रहरी जवानदेखि लिएर अधिकारीसमेतलाई निर्देशन दिनुभएको छ । प्रहरी मुख्यालयले गत १ फागुनमा ढुंगेलसहित ७८ जना एसपीको जिम्मेवारी हेरफेर गरेको थियो । ।