मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भ्रष्टाचारको मुद्दामा पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई थप १४ वर्षको जेल सजाय

भ्रष्टाचारको मुद्दामा पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई थप १४ वर्षको जेल सजाय

न्यूजस्टोरी

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उहाँकी श्रीमती बुशरा बीबीलाई अदालतले भ्रष्टाचारको मुद्दामा १४ वर्षको कैद सजाय सुनाएको छ ।

सार्वजनिक पदमा रहँदा पाएका उपहारहरू बेचेको आरोपमा अदालतले खान दम्पतीलाई १४ वर्षको जेल सजाय तोकेको हो । राज्यको गोप्य सूचना चुहाएको आरोपमा अदालतले हिजो मात्रै इमरान खान र पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई १० वर्षको कैद सजाय सुनाएको थियो ।

सन् २०२२ मा विश्वासको मत पाउन नसकेपछि इमरान खान प्रधानमन्त्री पदबाट हट्नुपरेको थियो । इमरान खानले आफूविरुद्ध लगाइएका मुद्दा राजनीतिक उद्देश्यबाट प्रेरित भएको बताउँदै आउनुभएको छ ।

पाकिस्तानमा यही फेब्रुअरी ८ मा आमचुनाव हुँदैछ । त्यसअघि इमरान खानलाई सजाय सुनाइएको हो । उहाँलाई चुनावमा प्रतिस्पर्धा गर्न यसअघि नै रोक लागेको छ ।

इमरान खान गएको वर्षको अगस्टमा पक्राउ परेपछि उहाँलाई जेलमा राखिएको छ । प्रधानमन्त्री हुँदा प्राप्त भएको उपहारलाई इमरान खान र उहाँकी श्रीमतीले आफ्नो फाइदाका लागि बेचेको आरोप छ ।