मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकी जहाजमाथि भएको आक्रमणको जिम्मा हुथी समूहले लियो

अमेरिकी जहाजमाथि भएको आक्रमणको जिम्मा हुथी समूहले लियो

न्यूजस्टोरी

एजेन्सी । यमनको हुथी सशस्त्र समूहले अडेनको खाडीमा अमेरिकी जहाजमा भएको आक्रमणको जिम्मेवारी लिएको छ ।

हुथी सेनाका प्रवक्ताले हुथीद्वारा सञ्चालित अल–मासिराह अडेनको खाडीमा अमेरिकी जहाजमा हिजो भएको आक्रमणको जिम्मेवारी लिएको बताएका हुन् ।

उनले हुथी समूहले अब देश विरुद्धको गतिविधिमा सहभागी हुने सबै अमेरिकी र बेलायती जहाजहरू र युद्धपोतहरूलाई आक्रमण गर्ने चेतावनी दिएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

आफ्नो समूहले थप द्वन्द्व नखोजेको तर अमेरिका बेलायतले लालसागरलाई अझ खतरनाक बनाएको हुथी समूहको आरोप छ । यसैबीच यमनमा बढ्दो हिंसाले शान्ति स्थापनाको प्रयासलाई कमजोर पार्ने खतरा बढेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।