मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाण्डौको न्यूनतम तापक्रम घट्यो : तराई–मधेसमा बाक्लो हुस्सु र कुहिरो

काठमाण्डौको न्यूनतम तापक्रम घट्यो : तराई–मधेसमा बाक्लो हुस्सु र कुहिरो

न्यूजस्टोरी

काठमाडौं, १७ पुस । काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम हिजोभन्दा आज घटेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डौमा आज बिहान न्यूनतम तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ । हिजो न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस थियो ।
उपत्यका र आसपासका क्षेत्रमा अहिले कुहिरो र हुस्सु लागेको छ । त्यस्तै, तराई–मधेसका केही ठाउँमा बाक्लो हुस्सु र कुहिरो छ । घाम लाग्दै जाँदा मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविद् शान्ति कँडेलले बताउनुभयो । उहाँका अनुसार नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
देशका कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली छ । यी प्रदेशका हिमाली क्षेत्रमा भने हल्का हिमपात हुने मौसमविद् कँडेलले बताउनुभयो । आज राति पूर्वी पहाडी जिल्लामा मौसम आंशिक बदली हुने अनुमान छ । देशका बाँकी ठाउँमा आजको मौसम सामान्यतया सफा नै रहने अनुमान छ ।