मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चेकको चार्ल्स विश्वविद्यालयमा गोली प्रहारबाट कम्तीमा १४ जनाको हत्या

चेकको चार्ल्स विश्वविद्यालयमा गोली प्रहारबाट कम्तीमा १४ जनाको हत्या

न्यूजस्टोरी

काठमाडौं, ६ पुस । चेक गणतन्त्रको राजधानी प्रागको चार्ल्स विश्वविद्यालयमा गोली प्रहारबाट कम्तीमा १४ जनाको हत्या भएको छ । गोलीकाण्डमा २५ जनाभन्दा धेरै घाइते भएका छन् ।

जवाफी कारबाहीमा गोली चलाउने व्यक्तिको ज्यान गएको त्यहाँको सुरक्षा निकायलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

घटनाको कारण खुलेको छैन । थप अनुसन्धान भइरहेको सुरक्षा अधिकारीले जनाएका छन् ।

चेकका राष्ट्रपति पेटर पावेलले चार्ल्स विश्वविद्यालयमा भएको गोलीकाण्डबाट आफू स्तब्ध भएको बताउनुभएको छ । हिजो मात्रै उहाँ पेरिसको दुईदिने भ्रमणमा निस्कनुभएको थियो ।