मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाजामा बन्धक तीन जना व्यक्तिको हत्यामा इजरायली सेनाको पश्चाताप

गाजामा बन्धक तीन जना व्यक्तिको हत्यामा इजरायली सेनाको पश्चाताप

न्यूजस्टोरी

इजरायली सेनाले गाजामा आफ्नो अभियानको क्रममा तीन जना बन्धकको गल्तीबस ज्यान गएको बताएको छ । गलत बुझाइबाट बन्धकहरु २८ वर्षीय योतम हाइम, २२ वर्षीय समेर तलल्का र २६ वर्षीय एलोन शमरिज मारिएका इजरायलको डिफेन्स फोर्स (आईडीएफ) ले जनाएको छ ।

आईडीएफले यस घटनामा पश्चाताप व्यक्त गरेको बीबीसीले जनाएको छ । गाजाको उत्तरमा रहेको शेजैयामा कार्यरत सेनाले तीन जनालाई गोली हानेको थियो । गएको अक्टोबर ७ तारिखमा हमासबाट भएको आक्रमणपछि गाजामा एक सयभन्दा धेरै बन्दी भएका थिए ।

सेनाको यो घोषणापछि मध्य तेल अभीभमा सयौँ मानिसहरू भेला भएर आईडीएमको सैन्य आधारमा जुलुस निकालेका छन् । उनीहरुले बाँकी बन्धकको रिहाइका लागि सम्झौता गर्न आग्रह समेत गरेका छन् ।