नुवाकोट, १० मंसिर । नुवाकोटको ऐतिहासिक तथा धार्मिक पर्यटकीय क्षेत्र चिम्टेश्वर विकास समितिको अध्यक्षमा रामचन्द्र तिमल्सिना नियुक्त भएका छन। बेलकोटगढी नगरपालिकाको कार्यपालिका बैठकले बेलकोटगढी नगरपालिका वडा २ का वडाध्यक्ष समेत रहनु भएका तिमल्सिनालाई जिम्मेवारी दिएको हो ।
वडाध्यक्ष समेत रहनु भएका तिमल्सिनाले आफूलाई महत्वपूर्ण जिम्मेवारी दिइएको र त्यस भित्रको कार्यक्षेत्रमा रहेर काम गर्ने बताउनुभयो । ऐतिहासिक तथा धार्मिक, पुरातत्व, पर्यटकीय चिम्टेश्वर क्षेत्रको विकास तथा प्रबर्द्धनको लागि पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने तिमल्सिनाले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
तिमल्सिनाले लामो समयदेखि चिम्टेश्वरलाई धार्मिक, एतिहासिक तथा पर्यटकीय स्थलको रुपमा विकास गर्नका लागि पहल गर्दै आइरहनुभएको छ। तिमल्सिना नेपाली कांग्रेसबाट नवनिवार्चीत वडाध्यक्ष हुनुहुन्छ ।


प्रतिक्रिया