मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुम्बईमा विमान दुर्घटना, आठ जना घाइते

मुम्बईमा विमान दुर्घटना, आठ जना घाइते

न्यूजस्टोरी

नयाँ दिल्ली । भारी वर्षाका बीच बिहीबार साँझ एउटा सानो विमान भारतको मुम्बइस्थित विमानस्थलमा दुर्घटना हुँदा आठ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर दुई भागमा ट्क्रिएको निजी विमानमा चालक दलका तीन सदस्यसहित आठ जना सवार रहेका थिए । दुर्घटनापछि विमानस्थलको धावनमार्ग केही समयका लागि बन्द गरिएको थियो जसका कारण उडान आगमन र प्रस्थानमा ढिलाइ भएको थियो । विशाखपटनमबाट मुम्बईका लागि उडान भरेको भीटी–डीबीएल लियरजेट ४५ विमान स्थानीय समयअनुसार साँझ ६ः४७ बजे धावनमार्गमा चिप्लिएर दुर्घटनाग्रस्त भएको विमानस्थलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नागरिक उड्डयन महानिर्देशनालय ९डीजीसीए० ले अनुमति दिएपछि रनवे सञ्चालनका लागि खुला गरिएको थियो । विमानस्थलमा भिजिबिलिटी ७०० मिटर रहेको बताइएको छ ।