मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भूकम्प प्रभावित मोरक्कोमा उद्धारमा कठिनाइ

भूकम्प प्रभावित मोरक्कोमा उद्धारमा कठिनाइ

न्यूजस्टोरी

भूकम्प प्रभावित मोरक्कोमा भग्नावशेषमा पुरिएकाहरुको उद्धारमा निकै कठिनाइ भएको छ । धेरै जसो स्थानमा परिवारका सबै सदस्य नै भग्नावशेषमा पुरिएका खबर आएको तर, उद्धारमा मुस्किल भइरहेको उद्धारकर्मीले बताएका छन् ।

ग्रामीण क्षेत्रमा भग्नावशेषमा पुरिएका केही जीवितै रहेका पनि अनुमान गरिएको छ । तर, भूकम्प अति प्रभावित ठाउँमा उद्धारकर्मीसँगै रातहका सामग्री पठाउन कठिनाइ भइरहेको बीबीसीमा उललेख छ । ग्रामीण क्षेत्र जाने कतिपय सडक भूकम्पका कारण भत्किएका छन् । यसले प्रभावित क्षेत्रसम्म पुग्न झनै समस्या भएको छ । भूकम्पको केन्द्रबिन्दु मराकेशबाट ७५ किलोमिटर टाढा पहाडी क्षेत्र हाइ एट्लस माउन्टेन्समा रहेको खबरमा उल्लेख छ ।

भूकम्प पछि धेरै मानिस खुल्ला आकाशमुनि बस्न बाध्य छन् । गत शुक्रवार राति गएको ६ दशमलव ८ रेक्टर स्केलको भूकम्पको असर माराकेशसहित अन्य धेरै सहरहरुमा परेको छ । यस्तै, दुर्गम पहाडी इलाकामा पूरै गाउँहरू नै ध्वस्त भएका विवरण सार्वजनिक भएका छन् ।

भूकम्पमा परेर दुई हजार एक सय २२ जनाको ज्यान गएको पुष्टि भइसकेको छ भने दुई हजार चार सयभन्दा धेरै घाइते भएका छन् ।