मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रहेनन हरित क्रान्तिका वैज्ञानिक एमएस स्वामीनाथन

रहेनन हरित क्रान्तिका वैज्ञानिक एमएस स्वामीनाथन

न्यूजस्टोरी

काठमाडौं, ११ असोज । भारतमा हरित क्रान्तिका वैज्ञानिक डाक्टर एमएस स्वामीनाथनको ९८ वर्षको उमेरमा निधन भएको छ । उहाँको आज बिहीवार चेन्नईमा निधन भएको बीबीसी हिन्दीमा उल्लेख छ ।

स्वामीनाथनलाई भारतको लोकप्रिय वैज्ञानिकको रूपमा चिनिन्छ । गहुँको उत्कृष्ट प्रजाति आविष्कार र खेतीका लागि सिफारिस गर्ने उहाँ पहिलो व्यक्ति हो । यसले भारतमा गहुँ उत्पादनमा ठूलो वृद्धि भएको छ ।

स्वामीनाथन पद्मश्री, म्याकसेसे, विश्व खाद्य लगायत दर्जनौँ राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनुभएको छ । किसानको अवस्था सुधार र कृषि प्रवर्धनका लागि उहाँले सरकारलाई विभिन्न सिफारिस गर्नुभएको थियो तर अहिलेसम्म पनि ती सिफारिस पूर्णरूपमा कार्यान्वयन हुन सकेका छैनन् ।

सरकारले उहाँको माग सम्बोधन गर्न आयोगको नाम नै स्वामीनाथन राखेको थियो । तर आयोगको सिफारिस कार्यान्वयन नहुँदा किसानले पटक पटक आन्दोलन गर्दै आएका छन् ।