मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाकिस्तानको दक्षिणी प्रान्तमा रकेट लञ्चर विस्फोट, आठ जनाको ज्यान गयो

पाकिस्तानको दक्षिणी प्रान्तमा रकेट लञ्चर विस्फोट, आठ जनाको ज्यान गयो

न्यूजस्टोरी

काठमाडौं, असोज ११ । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको गाउँमा रकेट लञ्चर विस्फोट हुँदा आठ जनाको ज्यान गएको छ । विस्फोटबाट तीन जना घाइते भएका छन् ।

ज्यान गुमाउने र घाइते सबै एकै परिवारका रहेका छन् । कान्धकोटका वरिष्ठ प्रहरी उपरीक्षक रोहेल खोसोका अनुसार घटनामा पाँच जना बालबालिका र दुई महिलासहित आठ जनाले ज्यान गुमाएका छन् ।

बालबालिकाले रकेट लञ्चर खेतमा फेला पारेर घरमा लगेको र हिजो विस्फोट भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

घाइते भएकाको नजिकैको अस्पतालमा उपचार भइरहेको प्रहरीलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वामा उल्लेख छ । जनाएको छ ।