काठमाडौं । खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले २०७९ को पद्मश्री साहित्य पुरस्कार समालोचक तथा आख्यानकार डा। देवीप्रसाद सुवेदीको उपन्यास ‘मनु’ लाई दिने निर्णय गरेको छ ।
प्राप्त १८० पुस्तक मध्येबाट पहिलो चरणमा १५ र दोस्रो चरणमा परेका पाँच सूचीभित्र परेका पुस्तकबाट ‘मनु’ छनोट भएको खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले जानकारी दिएको छ ।
‘मनु’ ऋग्वैदिक समाजको परिवेशमा चित्रित सामाजिक–सांस्कृतिक उपन्यास हो ।
यस्तै, प्रद्मश्री साधना सम्मान कार्टुनिस्ट दुर्गा बराल ९वात्स्यायन० लाई प्रदान गरिने भएको छ । पद्मश्री गौरव पुरस्कार काठमाण्डौ विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मालाई प्रदान गरिने निर्णय भएको प्रतिष्ठानले जनाएको छ ।
तीनवटै पुरस्कारको राशि तीन लाख रुपैयाँ रहेको छ । पुरस्कार कोजाग्रज पूर्णिमाको दिन वितरण गरिने पनि प्रतिष्ठानले जनाएको छ ।
प्रतिक्रिया