मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाबुराम भट्टराई नेतृत्वको नेसपाको संगठन विस्तार अभियान सुरु

बाबुराम भट्टराई नेतृत्वको नेसपाको संगठन विस्तार अभियान सुरु

न्यूजस्टोरी

काठमाडौं । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले आज ९सोमबार०देखि संगठन निर्माण तथा विस्तार अभियान सञ्चालन गरेको छ। ‘अबको राष्ट्रको संकल्प, समाजवादी विकल्प’ भन्ने नारासहित अभियान पुससम्म चल्ने जनाइएको छ। नेसपाका केन्द्रीय पदाधिकारीहरुले सातै प्रदेशमा बृक्षरोपण गरी अभियान उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

कोशी प्रदेशमा उपाध्यक्ष हिसिला यमी, मधेस प्रदेशमा अध्यक्ष महिन्द्र राय यादव, बागमती प्रदेशमा सहअध्यक्ष गंगानारायण श्रेष्ठ, गण्डकी प्रदेशमा अध्यक्ष डाक्टर बाबुराम भट्टराई, लुम्बिनी प्रदेशमा सहअध्यक्ष गोविन्द चौधरी, कर्णाली प्रदेशमा भक्तबहादुर शाह र सुदुरपश्चिम प्रदेशमा उपाध्यक्ष दुर्गा सोबको नेतृत्वमा अभियान सन्चालन हुने नेसपाले जनाएको छ। पार्टी अध्यक्ष डाक्टर भट्टराईले गोरखाको पालुङटार नगरपालिका– १ खोप्लाङ ज्योती चौतारामा विभिन्न प्रजातिका बृक्षरोपण गरेर अभियानको शुरुवात गर्नुहुनेछ ।

त्यस्तै कोशी प्रदेशमा आत्मनिर्भर अर्थतन्त्रको नारासहित मोरङ र सुनसरी जिल्लामा २ सय थान फलफूलको बृक्षरोपण गरेर अभियानको शुभारम्भ हुने प्रदेश इन्चार्ज भरत दाहालले जानकारी दिनुभयो । मधेस प्रदेशमा फूलको विरुवा रोपेर अभियान सन्चालन गर्ने नेसपा नेता प्रमोद यादवले जानकारी दिनुभयो । बागमती प्रदेशका १३ जिल्लामा प्रत्येक जिल्लामा एकहजार फलफूलसहित बिभिन्न प्रजातीका बोटबिरुवा रोपेर अभियानको शुभारम्भ हुने प्रदेश अध्यक्ष बन्दना सुवेदीले जानकारी दिनुभयो । त्यसैगरि सुदुरपश्चिम प्रदेशका कैलाली जिल्लाको टिकापुर, भजनी र कैलालीमा व्यापकरुपमा बृक्षरोपण गरेर अभियानको शुभारम्भ हुने इन्चार्ज जनक शाहले जानकारी दिनुभयो । प्रदेशका कन्चनपुर, बैतडी, डडेलधुरा, अछाम, बाजुरा, बझाङका बिभिन्न स्थानमा समेत बृक्षरोपण गरी अभियानको शुभारम्भ हुने शाहले जानकारी दिनुभयो ।
प्रत्येक जिल्लामा विभिन्न प्रजातिका १ हजार भन्दा बढि बृक्षरोपण गरिने लक्ष्य लिइएको नेसपाले जनाएको छ। अभियान सात वटा प्रदेशका सबै जिल्ला तथा केही आवश्यकता अनुसार पालिका तहमा समेत सन्चालन गरिने कार्यक्रम रहेको नेसपाले जनाएको छ।