मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचण्ड–बाबुराम छलफल – ‘बृहत् समाजवादी मोर्चा निर्माण गर्ने समझदारी भएको छ’

प्रचण्ड–बाबुराम छलफल – ‘बृहत् समाजवादी मोर्चा निर्माण गर्ने समझदारी भएको छ’

न्यूजस्टोरी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईबीच देशको पछिल्लो राजनीतिक अवस्थालगायत समसामयिक विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्रवार भएको छलफलमा प्रधानमन्त्री प्रचण्डको भर्खरै सम्पन्न भारत भ्रमण, सङ्घीय बजेट, सत्य निरूपण तथा मेलमिलाप आयोगलगायतका शान्ति प्रक्रियाका बाँकी कामलगायतका विषयमा महत्त्वपूर्ण विचारविमर्श भएको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।

छलफलमा प्रस्तावित समाजवादी मोर्चालगायतका विविध विषयमा कुराकानी भएको पूर्वप्रधानमन्त्री भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजानका लागि बृहत् समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति, कार्यक्रम, सङ्गठनात्मक विधि टुङ्गो लगाउने विषयमा सहमति भएको छ ।

यस विषयमा सम्भव सबै पक्षबीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारीसमेत भएको जानकारी दिँदै उहाँले भन्नुभयो, ‘हामीबीच समझदारी भएको छ, बाहिर चलेका हल्लामा नबग्न सबैसँग आग्रह गर्दछु ।’