मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतले दुई हजारको नोट चलनचल्तीबाट हटाउने, आउँदो सेप्टेम्बरसम्म बैँकहरुमा जम्मा गर्न सकिने

भारतले दुई हजारको नोट चलनचल्तीबाट हटाउने, आउँदो सेप्टेम्बरसम्म बैँकहरुमा जम्मा गर्न सकिने

न्यूजस्टोरी

एजेन्सी । भारतले दुई हजार दरका नोट चलनचल्तीबाट हटाउने घोषणा गरेको छ । हिजो भारतको रिजर्भ बैँक ९आरबीआई० ले निकालेको विज्ञप्तिमा यी नोटहरू वैध नै रहने र आउँदो सेप्टेम्बर ३० तारिख ९असोजको १३ गते०सम्म बैँकहरुमा जम्मा गर्न सकिने जनाएको छ ।

नागरिकले आफ्नो खातामा दुई हजारका नोट जम्मा गर्न वा जुनसुकै शाखामा गएर नोट साट्न सक्ने उल्लेख छ । साथै बैँक खातामा जम्मा गर्नका लागि कुनै सीमा तोकिएको छैन र त्यसमा विद्यमान कानून लागु हुने बीबीसी हिन्दीले जनाएको छ । आरबीआईले बैँकहरुलाई तत्काल दुई हजारका नयाँ नोट जारी नगर्न पनि निर्देशन दिएको छ ।

आरबीआईले यसअघि पाँच सय र एक हजार दरका नोट बन्द भएपछि अर्थतन्त्रमा मुद्राको आवश्यकता पूरा गर्न दुई हजारका नोट जारी गरेको थियो । तर साना नोटको आपूर्ति सहज भएपछि सन् २०१८र१९ मा दुई हजारका नोट छाप्न रोकिएको थियो ।

सन् २०१६ को नोभेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५ सय र एक हजार रुपैयाँका नोट बन्द गर्ने घोषणा गर्नुभएको थियो । त्यसपछि भारत सरकारले दुई हजारको नयाँ नोट चलन चल्तीमा ल्याएको थियो ।