मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

४३ देशका एक अर्ब मानिस हैजाको जोखिममा

४३ देशका एक अर्ब मानिस हैजाको जोखिममा

न्यूजस्टोरी

काठमाडौं । विश्वका ४३ देशका एक अर्ब मानिस हैजाको जोखिममा रहेको विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ०ले जनाएको छ । डब्लुएचओका अनुसार यस वर्ष अहिलेसम्म २४ देशमा हैजाको प्रकोप देखिएको छ । गएको वर्षको मे महिनामा मात्रै १५ देशमा हैजाको प्रकोप देखिएको थियो ।

सामान्यतया हैजाको प्रकोपबाट मुक्त रहेका भनिएका देशहरु पनि पछिल्लो समय यसबाट प्रभावित भइरहेका छन् र मृत्युदर एक सय भन्दा धेरै छ । गरिबी, द्वन्द्व, जलवायु परिवर्तन र त्यसले निम्त्याएको जनसङ्ख्या विस्थापनका कारण सङ्क्रमण बढेको डब्लुएचओका कार्यक्रम व्यवस्थापक हेनरी ग्रेले बताउनुभयो ।

हैजाबाट प्रभावित देशहरूको सङ्ख्या बढ्दै जाँदा, रोकथाम र प्रतिकार्यका लागि उपलब्ध स्रोतहरू कम छ । साथै खोप अभियान नराम्ररी प्रभावित भएको छ । हैजा सामान्यतया दूषित खाना वा पानीको माध्यमबाट सर्ने एक रोग हो । विशेष गरी साना बच्चाका लागि जोखिम निम्त्याउने यो रोगका कारण झाडापखाला र बान्ता हुने गर्छ ।