मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सासमा आठ जनाको हत्या गर्नेको पहिचान खुल्यो

टेक्सासमा आठ जनाको हत्या गर्नेको पहिचान खुल्यो

न्यूजस्टोरी

टेक्सास । अमेरिकाको टेक्सास राज्यको डालास मलमा अन्धाधुन्ध गोलाबारी गरेर आठ जनाको हत्या गर्ने व्यक्तिको पहिचान भएको छ । प्रहरीका अनुसार आक्रमणकारी ३३ वर्षीय माउरिसियो गार्सिया भएको खुलेको हो ।डालासका निवासी गार्सिया पछि प्रहरी कारबाहीमा मारिएका थिए । शनिबार भएको घटनामा एआर–१५ राइफल प्रयोग भएको थियो भने आक्रमणकारीले कम्ब्याट पहिरिएको राष्ट्रपति जो बाइडेनले जानकारी दिएका छन् । अनुसन्धानकर्ताहरुले ती व्यक्तिको दक्षिण चरमपन्थीहरुसँग सम्बन्ध रहेको आशङ्का गरेका छन् ।अमेरिकाको सीबीएस न्युजले आक्रमणकारीको लुगामा आरडब्लूडीएसको लोगो रहेको थियो । यसको अर्थ ‘राइट विङ डेथ स्क्वाड’ हुन्छ । यो एउटा नियो नाजी समूह भएको अनुमान गरिएको छ । घटनामा घाइते भएका ३ जनाको अवस्था नाजुक रहेको छ ।