मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुर्किना फासोमा सैन्य शिविरमा विद्रोही समूहको आक्रमण — ३३ जना सैनिकको ज्यान गयो

बुर्किना फासोमा सैन्य शिविरमा विद्रोही समूहको आक्रमण — ३३ जना सैनिकको ज्यान गयो

न्यूजस्टोरी

एजेन्सी । दक्षिण अफ्रिकी देश बुर्किना फासोमा रहेको एउटा सैन्य शिविरमा विद्रोही समूहले आक्रमण गरेको छ । घटनामा ३३ जना सैनिकको ज्यान गएको छ ।

कम्तीमा १२ जना घाइते भएका छन् । सेनाले बिहीवार ४० जना विद्रोहीको हत्या गरेलगत्तै विद्रोही समूहले सैन्य शिविरमा आक्रमण गरेको हो ।

बुर्किना फासोमा सन् २०१५ देखि विद्रोही समूहका गतिविधि तीव्र भएको थियो । अहिलेसम्म दुवैतर्फ गरी १० हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।

देशको एक तिहाई भूभाग सरकारको नियन्त्रणभन्दा बाहिर रहेको अल जजिराले जनाएको छ ।