मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुसी आक्रमणमा २६ जना युक्रेनीले ज्यान गुमाए

रुसी आक्रमणमा २६ जना युक्रेनीले ज्यान गुमाए

न्यूजस्टोरी

युक्रेन ।रुसी आक्रमणमा परी पाँच जना बालबालिकासहित २६ जना युक्रेनी मारिएका छन्। युक्रेनमाथि करिब दुई दर्जन क्षेप्यास्त्र प्रहार गरेर रुसले ती गैरसैनिक मारेको युक्रेनी अधिकारीहरूले बताएका छन्।मध्य युक्रेनको ऐतिहासिक शहर उमानको आवासीय क्षेत्रमा रुसले हवाई हमला गरेको हो। भत्केका भवनका भग्नावशेषबाट मृतकका शव निकालिएका हृदयविदारक दृश्य एएफपीका पत्रकारले देखेका थिए। भग्नावेशषबाट बालबालिकाका शव पनि निकालिएका थिए। यो वर्ष शिशिर यामको प्रारम्भमा ऊर्जा र इन्धन प्रवाह गर्ने युक्रेनी पूर्वाधारमा आक्रमण गरेर रुसले जनजीवन कष्टकर पारेको थियो। केही समयका लागि आक्रमण बन्द गरेको रुसले नागरिक संरचना तथा आवासमा पुनः हमला थालेको छ।