काठमाडौं । लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ११७ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा एक्स्ट्राटेक ओभलमा टस जितेर ब्याटिङ गरेको लुम्बिनी प्रदेश ४४.१ ओभरमा ११६ रन बनाउँदै अलआउट भएको हो । लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ४१ रन बनाए । शिर्ष क्रममा तीन ब्याटर सस्तैमा समेटिदा देवले सम्हालिएको पारी…