काठमाडौं । प्रतिनिधिसभाको अवरुद्ध बैठक सञ्चालनका लागि सत्तासाझेदार नेपाली कांग्रेस र प्रतिपक्षी दलहरूको बैठक बिना निष्कर्ष टुंगिएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सोमबार बसेको बैठक बिनानिष्कर्ष सकिएको हो । यस बैठकमा कांग्रेस, प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र र प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू सहभागी थिए । भिजिट भिसामा हुने गरेको अनियमिमताका…