काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौथो (२०७९/८०) को तथ्यांकीय प्रतिवेदनले देशमा बेरोजगारी दर १२.६ प्रतिशत पुगेको देखाएको छ। यसअघि नेपाल श्रमशक्ति सर्वेक्षण २०७४/७५ ले ११.४ प्रतिशत बेरोजगार रहेको देखाएको थियो। कोभिड-१९ महामारीपछि सर्वेक्षण गरिएकाले बेरोजगार दर बढेको देखिएको हुनसक्ने तथ्यांक कार्यालयले जनाएको छ। जीवनस्तर सर्वेक्षणका अनुसार १५ देखि २४ वर्ष…