गोरखा । गोरखामा गएराति पहिरोले घर पुरिँदा एकै परिवारका तीनसहित चार जना बेपत्ता भएका छन्। गोरखाको उत्तरी धार्चे गाउँपालिका–५ सिङग्लामा पहिरोले एउटा घर पुरिँदा चारजना बेपत्ता भएका हुन्। पहिरोमा हराएका एक जनालाई भने गम्भीर घाइते अवस्थामा उद्धार गरिएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङका स्वकीय सचिव राज गुरुङले जानकारी दिए। ‘हामी अध्यक्षज्यूसहित अहिले घटनास्थलतिर जाँदैछौँ,’ आइतबार…