काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारीहरूले संस्थागत सुधारका लागि तेस्रो चरणको आन्दोलन थालेका छन् । प्राधिकरणको स्वतन्त्र कर्मचारी युनियनमा आबद्ध कर्मचारीहरूले विभिन्न समयमा पेश गरेका मागहरू सुनुवाइ नभएको भन्दै बुधवारदेखि कार्यालय परिसरमा धर्ना दिएका हुन् । पहिलो चरणमा कर्मचारीहरूले चार दिनसम्म कालो ब्यानर तथा कालो पट्टी बाँधेर विरोध जनाएका थिए भने दोस्रो चरणमा दुई दिनसम्म…