काठमाडौं । ललितपुरको कुपण्डोलमा भासिएको सडकको मर्मत कार्य सुरु भएको छ । शनिबार दिउँसो कुपण्डोलस्थित होटल हिमालय अगाडि सडक भासिएको थियो । केयुकेएलले खानेपानीको पाइप फुट्दा केही समय सवारी आवागमन प्रभावित भएको थियो । अहिले केयुकेएलले मर्मतको काम सुरु गरिसकेको छ । सडक विभागले पनि भासिएको सडक बनाउन सुरु गरिसकेको छ ।