काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल सम्बन्धी कानुन ल्याउनुपर्ने अवस्था रहेको बताएका छन् । प्रतिपक्ष दलहरु माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत पाँच दलले राजनीतिक दल फुटाउन सरकारले अध्यादेश ल्याउने भन्दै बिरोध गरिरहेका बेला प्रधानमन्त्री ओलीले यस्तो बताएका छन् । उनले विपक्षी दलले भनेजस्तो तत्काल दल सम्बन्धी अध्यादेश ल्याउने तयारी नभए पनि दलसम्बन्धी कानुनविहीन अवस्था…