सप्तरी । सप्तरीमा आइतबार भएको उपनिर्वाचनमा विजयी एक जना वडाध्यक्ष पक्राउ परेका छन् । हत्या आरोप लागेका डाक्नेश्वरी नगरपालिका–१ का नव निर्वाचित वडाध्यक्ष घिरेन्द्रकुमार साहलाई प्रहरीले हिजो आयोजित वडा कार्यालयमा पदभार ग्रहण गर्न लाग्दा प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । उनीविरुद्ध दुई जनाको हत्या आरोपमा कर्तव्य ज्यान मुद्दा विचाराधीन छ । साह जनता समाजवादी पार्टी…