काठमाडौं । भक्तपुरको बालकोटमा बाबु र भाइको हत्या गरेमा संलग्न मिलन आचार्यले उनीहरूको मुक्तिका लागि मारेको स्वीकारेका छन्। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ का ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका छोरा २२ वर्षका प्रवीण आचार्यको शव सोमबार बालकोटस्थित आफ्नै कोठामा हत्या गरिएको अवस्थामा फेला परेको थियो। उनीहरूको हत्यामा कुलप्रसादका जेठा छोरा मिलन संलग्न रहेको…